दाङ, २५ असार । शिक्षक, विद्यार्थी र अभिभावकको आर्थिक जोखिमलाई न्युनिकरण गर्ने उद्देश्य राखेर घोराही ७ सौडियारस्थित मावि सौडियारले सामुहिकरुपमा दुर्घटना बीमा गरिएको छ ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, अभिभावकको १ लाख रकम बराबरको दुर्घटना बिमा गरिएको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर वलीले बताउनुभयो ।
बिमा कम्पनिका प्रतिनिधि सन्तोष अधिकारीले बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निशानदाजु भट्टराईलाई बिमा पोलिसी हस्तान्तरण गर्नुभएको हो ।
प्रकाशित मिति : २०८२ असार २५ गते बुधवार





