
दाङ, १८ असार । तुलसीपुरका एक बालक पाँच दिनदेखि सम्पर्कबिहिन भएका छन् । तुलसीपुर–१० नयाँगाउँ निवासी दिपक केसीका १० वर्षिय छोरा जेनिस केसी पाँच दिनदेखि सम्पर्कबिहिन भएका हुन् ।
गत शनिबार (असार १४ गते) घर नजिकै खेल्न गएका बालक सम्पर्कबिहिन भएको परिवारले जनाएको छ । वेपत्ता बालकको खोजिमा सहयोग गरिदिन परिवारले सम्पूर्णमा अपिल गरेको छ ।
बालकलाई देख्नुहुने जो कोहिले नजिकैको प्रहरी चौकी वा मोवाइल नम्बर ९८६५२२६४८४ वा ९८४७८८४३०० मा सम्पर्क गरिदिन बुवा दिपक केसीले अनुरोध गर्नुभएको छ ।
प्रकाशित मिति : २०८२ असार १८ गते बुधवार