२०८३ भाद्र १३ गते शनिवार

विद्यालय जाने तयारीमा रहेकी बालिकालाई बिच्छीले टोक्दा मृत्यु


दाङ, १३ असार । दाङमा बिच्छीको टोकाईबाट एक बालिकाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नम्बर ७ सुनपत्थरी नाका स्थित भित्री खोलाको एक बालिकाको बिच्छीको टोकाईबाट मृत्यु भएको हो ।

युगबोध आधारभूत विद्यालय, सुनपत्थरी नाकाकोे कक्षा ३ मा अध्ययनरत अन्दाजी ११ लक्ष्मी गिरी(रितु) गत बुधबार बिहान ९ बजे तिर विद्यालय जाने तयारीमा घरमा विद्यालय पोशाक लगाउँदै गर्दा शरीरको कोखामा बिच्छीले टोकेको उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरे बहादुर जिएमले बताउनुभयो ।

अध्यक्षका अनुसार गिरिलाई उपचारको लागि भारतको सिरसिया सामुदायीक अस्पतालमा पुर्‍याइएको थियो। प्रारम्भिक उपचार पछि थप उपचारको लागि भिँगा सामुदायीक अस्पतालमा रिफर गरिएको थियो र उपचारको क्रममा मृत्यु भएको हो । मृतकको शव पोस्टमार्टम गरी घर ल्याउँदै गरेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८२ असार १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस