दाङ, १२ असार । क्यान्सर पीडित दाङको घोराही उपमहानगरपालिका –५ डागी गाउँका पूर्ण बहादुर बिकको जीवन रक्षाका लागि आर्थिक सहयोग गरिएको छ ।
बिकको जीवन रक्षाका लागि वाइसिएल नेपालका केन्द्रीय उपमहासचिव वीरेन्द्र बिक, समाजसेवी युवाहरु मनोज परियार, सुदर्शन सेर्पाइली,चन्द्र बिक र बिकास सुनारको पहलमा विभिन्न सहयोगी दाताहरूबाट प्राप्त गरेको ५६ हजार ३ सय २० रुपैयाँ रकम पीडित पूर्ण बहादुर बि.कलाई बिहिबार हस्तान्तरण गरेको छ ।
वाइसिएल नेपालका केन्द्रीय उपमहासचिव तथा समाजसेवी वीरेन्द्र बिकले क्यान्सरपीडित गुभाजुलाई उहाँकै घरमा पुगेर संकलित नगद सहयोग हस्तान्तरण गर्नुभयो ।
बिक क्यान्सरबाट करिब १ बर्ष अघिदेखि पीडित रहनुभएको छ । २ छोरी र २ छोराका बुबा रहेका पीडित बिकको आर्थिक अवस्था कमजोर रहेकै कारणले उपचारमा आर्थिक सङ्कट परेको उहाँले बताउनुभयो ।
प्रकाशित मिति : २०८२ असार १२ गते बिहिवार


