२०८३ कार्तिक १० गते मङ्गलवार

आज २०८२ साल असार ११ गते बुधबारको राशिफल

आज २०८२ साल असार ११ गते बुधबार। असार कृष्ण पक्षको औंसी। आज हलो बार्ने औंसी। तदनुसार सन् २०२५ जुन २५ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। 

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

मेष-बुद्धि र तार्किक क्षमता वृद्धि हुनेछ। विचारशील निर्णयहरू लाभदायक बन्न सक्छन्। तर बोलीमा कठोरता आएको खण्डमा सम्बन्धमा असर पर्न सक्नेछ। यात्राको सम्भावना छ।विवेकका साथ कार्य गर्नु हितकर हुनेछ।

वृष-धनको आगमन भए पनि खर्चमा नियन्त्रण राख्नुपर्छ। मन अलिक अशान्त हुन सक्छ, ध्यान र ध्यानाकर्षण आवश्यक हुनेछ।आर्थिक निर्णयमा स्थिरता र सूझबूझ आवश्यक रहनेछ ।

मिथुन-मनोबल बढ्नेछ। नवीन योजना, रचनात्मक काम, सञ्चार र शिक्षामा विशेष सफलता मिल्ने योग छ। आत्मविश्वासले काम अघि बढ्नेछ।दिन उत्साहप्रद र उन्नतिमूलक रहनेछ।

कर्कट-मौनता र आत्ममूल्याङ्कनको आवश्यकता देखिन्छ। एकान्त समय लाभदायक बन्न सक्छ। स्वास्थ्यमा सन्तुलन राख्नुहोला । शान्तिपूर्ण अभ्यास र विश्राममा ध्यान दिनु उचित हुन्छ।

सिंह-सामाजिक र बौद्धिक क्षेत्रको कार्यमा अग्रता पाइनेछ। साथीभाइबाट समर्थन मिल्नेछ। नवप्रवर्तन र परामर्श दिने भूमिकामा सफलता देखिन्छ।

कन्या-कर्म क्षेत्रमा प्रयत्न गरेअनुसार सम्मान प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्न सक्छ। वरिष्ठहरूको सल्लाह उपयोगी हुनेछ।

तुला-धार्मिक वा दर्शनिक विषयमा रुचि बढ्न सक्छ। वैदेशिक यात्रा वा सम्पर्कको संकेत देखिन्छ। अध्ययनमा प्रगति हुनेछ।

वृश्चिक-आर्थिक वा भावनात्मक रुपमा केही उतारचढावको अनुभव हुन सक्छ। गहिरो सोच आवश्यक छ। अधिकार सम्बन्धी विषयमा सजग रहनुहोस्।

धनु-साझेदारी वा वैवाहिक सम्बन्धमा संवेदनशीलता आवश्यक हुनेछ। संवाद र समझदारीबाट समाधान खोज्नु उचित हुन्छ।सम्बन्धमा समर्पण र धैर्यता अपरिहार्य देखिन्छ।

मकर-दैनिक काममा व्यस्तता बढ्नेछ। स्वास्थ्यप्रति सर्तक रहनुपर्छ। कार्यशैलीमा सुधार ल्याउँदा समुचित परिणाम प्राप्त हुनेछ।व्यवस्थित जीवनशैली र आत्मनियन्त्रण आवश्यक हुनेछ।

कुम्भ-सन्तान वा सिर्जनात्मक कार्यमा सन्तोष मिल्नेछ। मन रमाइलो खोज्नेछ, तर जिम्मेवारी पनि सँगै हुनेछ।

मीन-गृह र पारिवारिक जिम्मेवारीमा ध्यान दिनुपर्ने समय। मन भावुक हुन सक्छ, तर व्यवहारमा स्थिरता ल्याउनु आवश्यक हुनेछ।

प्रकाशित मिति : २०८२ असार ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस