२०८२ असार ३ गते बुधवार

समाजसेवी उपेन्द्र पौडेलद्वारा धुलोले ढाकिएको बिरेन्द्रको शालिकको सफाई

दाङ, २६ जेठ । तुलसीपुर उपमहानगरपालिका–७, जितपुरका समाजसेवी उपेन्द्र पौडेल विगत लामो समयदेखि सामाजिक सेवामा निरन्तर सक्रिय रहुनुभएको छ ।

समाजका हरेक वर्ग र समुदायसँग घुलमिल भएर काम गर्ने पौडेल अहिले जनताका समस्यामा सधैँ सँगै रहने सामाजिक अभियन्ताको रूपमा परिचित हुँदै जानुभएको छ ।

पछिल्लो समय नागरिकले उहाँलाई ‘जनताको सच्चा सेवक’को रूपमा चिन्ने गरेका छन् ।

उहाँ विभिन्न सामाजिक कार्यक्रमहरू, सरसफाइ अभियान, सहयोग अभियान, रक्तदान, विपद् व्यवस्थापन तथा स्थानीय समस्याको समाधानमा निरन्तर खटिनुहुन्छ ।

सोमबार समाजसेवी पौडेलले तुलसीपुरको केन्द्र विन्दु मानिने बिरेन्द्र चोकमा रहेको राजा बिरेन्द्रको शालिकको सफाइ गर्नुभयो ।

उहाँ झाडु, डस्टर र पानी बोकेर उहाँ आफैं सरसफाइका लागि चोकमा पुग्नुभएको थियो । उहाँको पहलमा स्थानीय युवाहरू, ट्राफिक प्रहरी र केही व्यापारीहरू पनि सरसफाइमा सहभागी भए ।

शालिक वरपरको फोहोर हटाइएको छ ।

‘हामीले आफ्नो शहरलाई सफा राख्नुपर्छ भन्ने भावना सबैमा हुनुपर्छ।’
पौडेल भन्नुहुन्छ–‘यो मेरो मात्रै काम होइन, हामी सबैको साझा जिम्मेवारी हो ।’

यस्तै, पौडेलले विगतमा विपन्न परिवारलाई खाद्यान्न वितरण, बिरामीलाई आर्थिक सहायता लगायतका कार्य गरिसक्नुभएको छ ।

साना तर प्रभावशाली कामहरूबाट सामाजिक परिवर्तन सम्भव हुने तथ्यलाई पौडेलले बारम्बार प्रमाणित गर्दै आउनुभएको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस