
दाङ, २२ जेठ । दाङको तुलसीपुरमा दाङ्भ्याली–इको–क्लवको अगुवाइमा ५३ औं विश्व वातावरण दिवस विविध कार्यक्रमका साथ मनाइएको छ । ‘ प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नारासहित वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न कार्यक्रम गरिएको हो ।
कार्यक्रमअन्तर्गत दाङ भ्याली माध्यमिक विद्यालयका विद्यार्थीहरूले बिहान विद्यालय परिसरबाट र्याली निकालेका थिए । हातमा विभिन्न प्लेकार्ड र ब्यानर बोकेका उनीहरूले वातावरण संरक्षणका नारा लगाउँदै नगरको विभिन्न भाग परिक्रमा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक शिला अर्यालका अनुसार र्यालीपछि विद्यार्थीहरूले विद्यालय परिसरमा सरसफाइ कार्यक्रमसमेत सञ्चालन गरेका थिए । उहाँले वातावरण संरक्षणमा विद्यार्थीको सक्रिय सहभागिताले सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो ।
कार्यक्रममा शिक्षक, अभिभावक तथा इको–क्लवका पदाधिकारीको पनि उपस्थिति रहेको थियो । सहभागीहरूले प्लास्टिक प्रयोग घटाउन र हरियाली प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेका थिए।
विद्यालयका अध्यक्ष तिलक शाहूले आगामी दिनमा अझ व्यापक रुपमा वातावरण संरक्षणका गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो