२०८३ असार ७ गते आइतवार

नेपाल शिक्षक संघको स्थापना दिवसमा दिप प्रज्वलन


दाङ, ३१ वैशाख । नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति तुलसीपुरको आयोजनामा नेपाल शिक्षक संघको ३६ औं स्थापना दिवस नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ को पार्टिकार्यालयको प्राङ्गणमा एक कार्यक्रमका बिच दिप प्रज्ज्वलन गरेको छ ।

नेपाल शिक्षक संघ वि.स. २०४७ सालमा स्थापना भई निरन्तर शिक्षक कर्मचारीहरुको हक अधिकार संरक्षण गर्दै आएको एक गर्बिलो ईतिहास बोकेको संस्था रहेको नेपाल शिक्षक महासंघका संघिय उपमहासचिव शुसिला सुवेदीले बताउनुभयो ।

नेपाल शिक्षक संघ स्थानीय कार्यसमिति तुलसीपुरका अध्यक्ष घनश्याम डाँगीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश कार्यसमितिका सदस्य लेबेन्द्र केसी, नेपाल शिक्षक संघ दाङका सचिव सुर्य बहादुर बस्नेत, संघिय प्रतिनिधि योगराज खत्री, प्रदेश प्रतिनिधि थानेश्वर आचार्य, नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका निबर्तमान सचिव निमकान्त रेग्मी, नेपाल शिक्षक महासंघ बबईका अध्यक्ष मान बहादुर बस्नेत लगाएतले नेपाल शिक्षक संघले सम्पुर्ण नेपाली शिक्षक कर्मचारीको हक अधिकार सुनिश्चित गर्नुका साथै समग्र देशको शिक्षाको विकासमा पुर्याएको योगदानको चर्चा गर्नुभयो ।

कार्यसमितिका महिला उपाध्यक्ष देवा डाँगिको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव एकराज भण्डारीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस