२०८३ असार ७ गते आइतवार

नेकपा एस कपुरकोट गाउँपालिकाको अध्यक्षमा यमकुमार बस्नेत चयन


सल्यान, ३० वैशाख । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कपुरकोट गाउँपालिकाको प्रथम अधिवेशन सोमबार सम्पन्न भएको छ । अधिवेशनले यमकुमार बस्नेतको अध्यक्षतामा ३७ सदस्यीय कपुरकोट गाउँपालिका कमिटी सर्वसम्मतिमा चयन गरेको छ ।

कमिटीको उपाध्यक्षमा सुकमति बोहोरा, सचिवमा ठगबिर विक, उपसचिवमा टिकाराम कठायत र अमर बहादुर महतारा चयन हुनुभएको छ ।

कार्यक्रमको सभाध्यक्ष दुर्गा बहादुर पुनले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथि सल्यान इन्चार्ज भ्रदसि बुढा , केन्द्रीय कमिटी सदस्य लोकबहादुर डागी, हरि केसी, जिल्ला अध्यक्ष रमेशकुमार गौतम, सचिव प्रेमबहादुर डागी र उपसचिव मनवीर बस्नेतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको हो ।

यसैगरी नेकपा एमालेबाट पालिका कमिटी सदस्य दीपक पुन र माओवादी केन्द्र कपुरकोटका अध्यक्ष प्रकाश भण्डारीले पनि अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।

अधिवेशनकै अवसरमा ईश्वरी हमालको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला संगठनको गठन गरिएको छ ।

कार्यक्रमको सञ्चालन सचिव तिलक शर्माले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस