
दाङ–तुलसीपुर–१६ मा खानेपानी उपलब्ध गराउँदै आएको मजगाउँ जहदागाउँ खानेपानी संस्थाको अध्यक्षमा मुक्त बहादुर डिसी निर्वाचित हुनुभएको छ । शनिबार भएको निर्वाचनमा ३०८ मत खसेकोमा लोकतान्त्रिक समावेशी प्यानलका डिसीले १९२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
उहाका प्रतिष्पर्धी संयुक्त लोकतान्त्रिक प्यानलका पदम बहादुर केसीले १०० मत ल्याउनुभएको छ ।
निर्वाचनबाट लोकतान्त्रिक समावेशी प्यानलको टिम नै बिजयी भएको छ । निर्वाचनबाट उपाध्यक्षमा जयसुद्रा चौधरी, सचिवमा पुजा वली, कोषाध्यक्षमा महावीर वली, सहसचिवमा झगुप्रसाद भुषाल निर्वाचित हुनुभएको छ ।
यस्तै सदस्यहरुमा टिकाराम चौधरी, बल बहादुर डाँगी, रेश्मा परियार, खिम बहादुर बुढाथोकी र नारायण आचार्य निर्वाचित हुनुभएको छ ।
संस्थाको दोस्रो अधिवेशनबाट डिसीको अध्यक्षतामा १० सदस्यीय नयाँ समिति निर्वाचित भएको हो । समितिमा एक जना सदस्य पूर्व अध्यक्षबाट मनोनित हुने व्यवस्था छ ।