२०८२ बैशाख ३० गते मङ्गलवार

नेकपा एस कपुरकोटद्वारा पालिकालाई ४५ बुँदे मागपत्र

सल्यान, २२ वैशाख ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कपुरकोट गाउँपालिका कमिटीले स्थानीय जनताको दैनिक जीवनसँग जोडिएका सामाजिक, आर्थिक, शैक्षिक, स्वास्थ्य, पूर्वाधारलगायत ४५ बुँदे मागपत्र गाउँपालिकालाई बुझाएको छ ।

पार्टीको केन्द्रिय निर्देशनअनुसार देशभरका ७५३ वटै स्थानीय तहमा बुझाउने कार्यक्रम अन्तर्गत कपुरकोट गाउँपालिकालाई सो मागपत्र बुझाइएको हो । “सुशासन र रोजगार, समाजवादको तयारी” भन्ने मूल नारासहित प्रस्तुत गरिएको उक्त ज्ञापनपत्र पालिकाका उपाध्यक्ष प्रकाश भण्डारी र प्रमुख प्रशासकीय अधिकृत दिनेश पौडेललाई बुझाइएको हो ।

ज्ञापनपत्र गाउँपालिका सचिव तथा जिल्ला कमिटी सदस्य तिलक शर्माले वाचन गरेर हस्तान्तरण गर्नुभएको हो ।

मागपत्र बुझ्दै उपाध्यक्ष भण्डारीले पार्टीले उठाइएका विषयहरू सकारात्मक रहेको प्रतिक्रिया दिँदै आगामी आर्थिक वर्षको बजेटमा जनताको प्रत्यक्ष सरोकारका विषयहरू समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस