२०८२ बैशाख ३० गते मङ्गलवार

म्याजिक भ्यानको ठक्करबाट अटोचालकको मृत्यु

नेपालगञ्ज, २२ बैशाख । बाँकेको कोहलपुरमा आइतबार म्याजिक भ्यानले अटोरिक्सालाई ठक्कर दिँदा अटोचालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार भे१ज ६०६ नंको म्याजिक भ्यानले ठक्कर दिँदा जाजरकोट स्थायी घर भएका ३३ वर्षीय भीमबहादुर शाहीको मृत्यु भएको हो ।

कोहलपुरको दशबिगाहा क्षेत्रबाट बजारतर्फ जाँदै गरेको सो भ्यानले दशबिगाहाबाट राजमार्गतर्फ जाँदै गरेको अटोलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शाहीको मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो

प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस