२०८२ जेष्ठ ५ गते सोमवार

पत्रकार भट्टराईले जन्मदिनमा गरे रक्तदान


दाङ, १४ बैशाख ।
पत्रकार निशान दाजु भट्टराईले जन्मदिनको अवसरमा रक्तदान गर्नुभएको छ । घोराही ७ सौडियार निबासी भट्टराईले आफ्नो जन्मदिनमा हरेक वर्ष रक्तदान गर्ने गर्नुभएको छ ।

पत्रकार भट्टराई आईतबार ब्लड बैंक घोराहीमा पुगेर जन्मदिनमा रक्तदान गर्नुभएको हो ।

जन्मदिनमा फजुल खर्च नगरेर सिर्जनात्मक र रचनात्मक कार्य गरेर पनि मनाउन सकिन्छ भन्ने सन्देश दिन आफुले जन्म दिनमा रक्तदान गरेको बताउनुभयो ।

उहाँले रगतको अभावमा कसैले पनि मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यका साथ रक्तदान गरिरहेको बताउनुभयो ।

भट्टराई श्री माध्यमिक विद्यालय घोराही ७ सौडियारका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि हुनुहुन्छ ।

प्रकाशित मिति : २०८२ बैशाख १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस