
दाङ, १३ बैशाख । तुलसीपुर–६ मा अवस्थित डिभाइन टेम्पल एकेडेमीको होटल म्यानेजमेन्ट संकाय कक्षा ११ मा अध्ययनरत विद्यार्थी भाइबहिनीहरूले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक अभ्यास गरेका छन् ।
विद्यार्थीहरूले १० दिने तालिममार्फत नेपाली परम्परागत परिकारहरू तयार गर्ने सीप सिकेको सिईओ भोजराज न्यौपानेले बताउनुभयो । प्रयोगात्मक अभ्यास अन्तर्गत उनीहरूले राइस फुड, खसीको लेदोबेदो, सेकुवा, छोयला, पोर्क क्यापस, बफ छोयला, भटमास साँधेको, डोनटजस्ता परिकारहरू बनाउन सिकेका विद्यालयका प्रशिक्षक प्रज्वल घर्ती मगरले जानकारी दिनुभयो ।
सोही संकायमा अध्ययनरत तुलसीपुर–६ की विद्यार्थी जेनिशा रोकाले होटल म्यानेजमेन्ट आफ्नो रुचिको विषय भएको बताउनुभयो । आफैंले सिकेर बनाएको परिकार गेष्टलाई खुवाउन पाउँदा अत्यन्त खुशी लागेको उहाँले अनुभव साझा गर्नुभयो ।
बिगतका दिनमा केही पनि जानकारी नभए पनि आज भने आधारभूत सीपहरू, जस्तै कसरी चपिङ बोर्ड प्रयोग गर्ने, कसरी कटिङ गर्ने भन्ने विषयमा राम्रो ज्ञान प्राप्त भएको उहाँको भनाइ छ ।