२०८२ बैशाख ३० गते मङ्गलवार

साना किसानकोे समीक्षा कार्यक्रम : ३ जिल्लाका ४० सहकारी संस्थाको सहभागिता


सुर्खेत, १२ बैशाख । साना किसान कृषि सहकारीले सुर्खेत आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेटबारे समिक्षा गरेको छ । ‘साना किसानको समृद्धि, कृषिको रूपान्तरण, उद्यमशीलताको विकास’ भन्ने नाराका साथ साझेदार साना किसान कृषि सहकारी संस्थाहरूका लागि संस्था सुदृढीकरण तथा बजेट समिक्षा कार्यक्रम सुर्खेतमा गरेको हो ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय सुर्खेतको आयोजनामा बिहिबार र शुक्रबार दुई दिनसम्म कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सुर्खेत, सल्यान र जाजरकोट जिल्लाका साना किसान सहकारी संस्थाबाट करिब ४० संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

समीक्षा कार्यक्रममा सहकारीहरूको वार्षिक बजेट, संस्थागत संरचना, पारदर्शिता, वित्तीय व्यवस्थापन, सेवाग्राहीसँगको सम्बन्ध, तथा आगामी योजना र चुनौतीहरूबारे छलफल गरिएको छ । सहभागीहरूले यस्ता कार्यक्रमले आपसी सिकाइ, अनुभव साटासाट र समन्वय गर्न सहयोग पुग्ने प्रतिक्रिया दिएका छन् ।

कार्यक्रम साना किसान विकास लघुवित्तका शाखा प्रबन्धक दोर्णराज घिमिरेको अध्यक्षतामा भएको हो । प्रभात चौधरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन हर्क राजा थापाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस