२०८२ जेष्ठ ५ गते सोमवार

मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु


दाङ, १० बैशाख ।
डोटीको भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले धनगढीबाट बझाङतर्फ गइरहेको सुप प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनिट्रक आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा चालक अर्जुन धामीसहित तीन जनाको मृत्यु भएको हो । मृतक दुई जनाको सनाखत हुन बाँकी छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार
प्रतिक्रिया दिनुहोस