२०८२ जेष्ठ ५ गते सोमवार

 कक्षा–१२ को परीक्षा नसर्ने

 काठमाडौ , ९ बैशाख कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।


“परीक्षा नसर्ने, परीक्षा नियमित हुने, नेपाल सरकारले सहयोग गर्ने निर्णय भयो,” परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले भन्नुभयो ।
शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ ।
महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ । 

प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस