
काठमाडाैँ, ८ वैशाख । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिनुभएकाे छ । उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जानकारी दियो ।
उहाँले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाउनुभयाे। शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उहाँले राजीनामा दिनुभयाे ।
आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ । सम्भवतः आजकै मन्त्रिपरिषद्बाट उहाँको राजीनामा स्वीकृत हुनेछ ।
शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा पर्नुभएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार