२०८२ असार ३ गते बुधवार

सडकपेटीमा जीवन बिताइरहेका तीन जनाको उद्धार


दाङ, ८ बैशाख । दाङको तुलसीपुरबाट तीन जना सडक आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम दाङले विभिन्न सरोकारवालाको उपस्थितिमा तीन जना सडक आश्रित मानवको उद्धार गरेको हो ।

तुलसीपुरको बसर्पाक पातुखोला पुल नजिकैको तरकारी बजारबाट एक जना, जेसिज चोक नजिकै ख लाइनबाट एक जना र बसपार्क क्षेत्रबाट एक जना गरी तीन जनालाई शनिबार उद्धार गरिएको मानव सेवा आश्रम तुलसीपुर दाङका प्रमुख हिरु जोशीले जानकारी दिनुभयो ।

सडकआश्रित मानवको शनिबार उद्धार अभियान अन्तर्गत तीन जना पुरुषलाई उद्धार गरी आश्रममा राखिएको छ । अहिले पनि सहार नपाएर नागरिक सडकमा आउने क्रम रोकिएको छैन् । घरपरिवारको वेवास्ताका कारण धेरै मानिसहरु सडकमा आउने गरेका छन् ।

प्रहरी, स्थानीय सरकार, पत्रकार , मानवअधिकारकर्मी, महिला अधिकारकर्मी लगायतको उपस्थितिमा सडक मानवमुक्त बनाउने अभियान अन्तर्गत शनिबार उद्धार अभियान संचालन हुने गरेको छ । आवश्यकताको आधारमा अन्य समयमा पनि उद्धार अभियान संचालन हुने गरेपनि शनिबार नियमितजसो अभियान संचालन हुने गरेको प्रमुख जोशीले बताउनुभयो ।

गत शनिबार पनि तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठ, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल सिं ठकुरी, महिला अधिकारकर्मी शुष्मा लामिछाने, सपना बस्नेत, दिपक केसी, पत्रकार निरला अर्याल लगायतको उपस्थितिमा तीन जना सडक आश्रित मानवको उद्धार गरिएको हो ।

अभियानमा जोडिन सम्पूर्णमा अपिल समेत गरिएको छ । सडक मानवमुक्त बनाउनका लागि सडक आश्रित मानवको उद्धार अभियान बिगत लामोसमयदेखि चलिरहेको छ । आगामी दिनमा पनि निरन्तर संचालन हुने प्रमुख जोशीले बताउनुभयो ।

प्रकाशित मिति : २०८२ बैशाख ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस