
दाङ, ४ बैशाख । वैदेशिक अध्ययनमा सहजता ल्याउन तुलसीपुरका दुई युवाले ‘ग्लोबल करियर’ संचालनमा ल्याएका छन् ।
विदेशमा अध्ययन गर्ने विद्यार्थीको सहजताका लागि निश्चल बस्याल र ऋषिकेश बोहराले ‘ग्लोबल करियर काउन्सिलिङ एण्ड भिसा सर्भिस’ संचालनमा ल्याउनुभएको हो ।
ग्लोबल करियरको बिहिबार प्रतिनिधि सभा सदस्य अनिषा नेपालीले उद्घाटन गर्नुभएको हो । उहाँले विदेशमा अध्ययन गर्ने विद्यार्थीका लागि ग्लोबल करियरले सहजता ल्याउने बताउनुभयो ।
उहाँले युवा विदेश पलायन हुने अवस्थालाई रोक्न नसकिएको बताउँदै स्वदेशमा लगानी गर्ने युवाहरु पनि रहेको बताउनुभयो । ग्लोबल प्रतिस्पर्धामा नेपाली युवालाई सक्षम बनाउने लक्ष्यका साथ संस्था सञ्चालनमा ल्याएको संचालक ऋषिकेश बोहराले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले राज्यले निजि क्षेत्रलाई सम्मानको दृष्टिकोणले हेर्नुपर्ने बताउनुभयो ।
यस्तै चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले वैदेशिक अध्ययनमा जाने विद्यार्थीलाई सहजता ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संस्थाका बारेमा काउन्सिलर जिना पुरीले जानकारी गराउनुभएको हो ।
कार्यक्रमको सहजीकरण पत्रकार आशिष केसीले गर्नुभएको हो ।