२०८३ भाद्र ८ गते सोमवार

मेरिगोल्ड इ‌ङ्लिस बोर्डिङ स्कुलले दियाे शैक्षिक तथा खेलकुद सामग्रि

दाङ, २ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७मा रहेको मेरिगोल्ड इ‌ङ्लिस बोर्डिङ स्कुलले शैक्षिक तथा खेलकुद सामाग्रीहरू वितरण गरेको छ ।

तुलसीपुर-७ मा रहेको प्राथमिक विद्यालय श्रीगैमा बाल विकासमा अध्ययन गर्ने साना नानीबाबुहरूका लागि शैक्षिक तथा खेलकुद सामग्रीहरू वितरण गरिएको हो । बाल विकासमा अध्ययन गर्ने विद्यार्थीहरूलाई अध्ययन गर्नका लागि सहज होस् भन्ने उद्देश्यले विद्यालयले विभिन्न सामाग्रीहरू वितरण गरेको हो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसी को उपस्थितिमा मेरिगोल्ड इ‌ङ्लिस बोर्डिङ स्कुलका भाइस प्रिन्सिपल सोमराज बस्नेतले प्राथमिक विद्यालय श्रीगै कि प्रधानाध्यापक मुना कुमारी पौडेललाई सामाग्रीहरू हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष जिसीले निजी विद्यालय र सरकारी विद्यालयको सम्बन्ध सुदृत गर्न यस्ता कार्यक्रमहरुले सहयोगि भुमिका खेल्ने बताउनुभयो । मेरिगोल्ड इ‌ङ्लिस बोडिङका भाइस प्रिन्सिपल सोमराज बस्नेतले आउने दिनहरुमा पनि यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरूका लागि आवश्यक पर्ने शैक्षिक तथा खेलकुद सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

प्रकाशित मिति : २०८२ बैशाख २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस