
दाङ, ३० चैत । दाङ भ्याली माध्यमिक विद्यालय तुलसीपुरमा कक्षा १२ का विद्यार्थीको बिदाई कार्यक्रम गरिएको छ । कक्षा ११ का विद्यार्थीको आयोजनामा बिदाई कार्यक्रम गरिएको हो ।
कक्षा ११ का विद्यार्थी दिपेश ओलीको अध्यक्षता तथा विद्यालय सञ्चालक समितिका अध्यक्ष तिलक शाहुको प्रमुख आतिथ्यतामा कार्यम भएको हो ।
अध्यक्ष शाहुले कार्यक्रममा बिदाई भएर जाने विद्यार्थीलाई शिक्षासँगै संस्कार र सीपमा जोड दिँदै स्वावलम्बी बन्न आग्रह गर्नुभयो ।
मोनिका ओलीको स्वागत मनतव्यबाट शुरु भएको कार्यक्रममा अमर माविका सहायक प्रधानाध्यापक यज्ञ अधिकारी विद्यार्थीको आगामी शैक्षिक यात्रा सफल हुने बताउनुभयो ।
कार्यक्रम सञ्चालन कक्षा ११ का समर्पण बिष्टले गर्नुभएको हो । कार्यक्रममा विज्ञान समूहकी छात्रा रोशनी बुढाथोकी लगायतले मुक्तक वाचन, नृत्य लगायतका आकर्षक सांस्कृतिक प्रस्तुति पनि दिनुभयो ।
विदाईका अवसरमा नव वर्ष २०८२ को शुभकामना आदानप्रदानसँगै वक्ताहरूले विद्यार्थीहरूलाई शिक्षा, संस्कार र सीपमा निपूर्ण भई आत्मनिर्भर नागरिक बन्न प्रेरणा दिएका दिनुभयो ।