२०८२ जेष्ठ ५ गते सोमवार

रोल्पामा आफन्तकाेमा गएकी किशाेरीकाे चट्याङ लागेर मृत्यु


रोल्पा, २८ चैत ।
रोल्पामा गएराति चट्याङ लागेर एकनाको मृत्यु भएको छ । केही भवनहरुमा क्षति पुगेको छ ।

चट्याङ लागेर रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकास्थित आफन्तको घरमा बस्न गएकी १५ वर्षीया किशोरीको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय प्रमुख डीआईजी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

डीआईजी कार्कीका अनुसार बाँकेको बनकट्टास्थित इलाका प्रहरी कार्यालयको तीनकोठे भवनको टिनको छानो र पाल्पाको बल्डेङगढीस्थित वडा कार्यालयको भवनको टिनको छानो हावाहुरीले उडाइदिएको छ । ती दुबै भवनमा तत्काल बस्न सक्ने अवस्था नरहेको कार्कीले बताउनुभयो ।

प्रदेशका १२ वटै जिल्लामा हावाहुरी, वर्षा र चट्याङले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको डीआईजी कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस