
आज २०८१ साल चैत २७ गते बुधबार चैत शुक्ल पक्षको द्वादशी तिथि।। तदनुसार सन् २०२५ अप्रिल ९ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।
मेष – पुरानो काम पूरा गर्ने मौका मिल्नेछ, आत्मबल बढ्नेछ।
वृष – परिवारमा सल्लाह सुझावको सम्मान पाइनेछ, मिष्ठान्न भोजनको योग।
मिथुन – नयाँ विचार र योजना बन्नेछ, तर खर्चमा नियन्त्रण राख्नुहोला।
कर्कट – मित्रता र सम्बन्ध विस्तार हुने दिन, प्रेम र सम्मान पाउने समय।
सिंह – पुराना कुरा सम्झेर मन अलि दुख्न सक्छ, तर साँझतिर मन रमाउनेछ।
कन्या – धन लाभको संकेत देखिन्छ, बोलिचालिमा मिठास राख्नु राम्रो।
तुला – मिहिनेत अनुसार फाइदा पाइनेछ, तर बौद्धिक कुरा बढी नगर्नु उपयुक्त।
वृश्चिक – टाढाको यात्रा वा पाहुना आउने सम्भावना, मन हर्षित रहनेछ।
धनु – नजिकका साथी वा आफन्तसँग भेटघाट हुनेछ, मनका कुरा खोल्दा सावधानी अपनाउनुहोस्।
मकर – व्यापार व्यवसायमा सुधार आउनेछ, तर लापरबाही नगर्नु राम्रो।
कुम्भ – नयाँ कामको सुरुवात वा अवसर
आउने समय रहेको छ आत्मविश्वास वढाएर काम गर्नु राम्रो हुनेछ ।
मिन – भावनामा बग्नु भन्दा व्यवहारिक निर्णय गर्नु उपर्युक्त हुनेछ।