
आज २०८१ साल चैत २६ गते मंगलबार चैत शुक्ल पक्षको एकादशी तिथि। कामदा एकादशी व्रत। तदनुसार सन् २०२५ अप्रिल ८ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। ज्योतिषाचार्य तथा वास्तुविद् माधवा शर्माले तयार पार्नुभएको आजको फलादेशः
मेष -आज तपाईंको आत्मविश्वास र मनोबल बढ्नेछ। कामको क्षेत्रबाट राम्रो समाचार सुन्न पाइनेछ। विगतमा रोकिएका कामहरू अघि बढ्ने संकेत छ। सानो यात्राबाट लाभ मिल्ने सम्भावना छ। दाजु-भाइ वा साथीभाइको सहयोग पाइनेछ।
वृष -पारिवारिक वातावरण सुखद रहनेछ। दाम्पत्य जीवनमा मिठास बढ्नेछ। प्रेम सम्बन्धमा नयाँ ऊर्जा आउनेछ। व्यापार व्यवसायमा लाभ मिल्ने संकेत छ। पुराना विवादहरू समाधान तर्फ जानेछन्।
मिथुन-थोरै व्यस्तता बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुपर्छ। खानपान र आराममा विशेष ध्यान दिनुहोला। दैनिक काममा केही ढिलाइ र अवरोध आउन सक्छ। धैर्य र संयमता आवश्यक छ।
कर्कट -आज मन प्रसन्न रहनेछ। नयाँ योजना र अवसरहरू देखा पर्नेछन्। साथीभाइ र परिवारको साथले आत्मबल बढ्नेछ। रमाइलो भेटघाट वा कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ।
सिंह -आजको दिन मिलेजुलेको रहनेछ। आर्थिक हिसाबले सामान्य नै देखिन्छ। घरपरिवारमा कामको चाप बढ्न सक्छ। पुराना जिम्मेवारी पूरा गर्ने समय हो। सबैसँग मधुर व्यवहार गर्नु उपयुक्त हुनेछ।
कन्या -सकारात्मक सोच र योजनाले सफलता दिनेछ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। धार्मिक र सामाजिक काममा मन लाग्न सक्छ। यात्रा लाभदायक बन्नेछ।
तुला -खर्च बढ्ने देखिन्छ। योजना अनुसार काम नगरे परिणाम उल्टो पर्न सक्छ। स्वास्थ्य र सुरक्षामा ध्यान दिनुपर्छ। पैसाको लेनदेनमा सावधानी अपनाउनुहोला।
वृश्चिक -आत्मबल र मेहनतले राम्रो फल पाइनेछ। मान्यजनको सुझाव फलदायी हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ। नयाँ अवसरहरू हात लाग्ने योग छ। शुभ समाचार सुन्न पाइनेछ।
धनु -पुराना प्रयासको राम्रो नतिजा आउनेछ। पद, प्रतिष्ठा वा सम्मान पाइने योग छ। धार्मिक कार्य र सामाजिक सेवामा मन लाग्नेछ। नयाँ योजना र कामको थालनीका लागि राम्रो समय।
मकर -आर्थिक लाभको राम्रो सम्भावना छ। व्यापार व्यवसाय वा काममा सफलता मिल्नेछ। पदोन्नति वा प्रशंसा पाउने समय। बौद्धिक क्षमता र व्यवहारले सबैलाई प्रभावित पार्न सकिनेछ।
कुम्भ -साझेदारी र समूहगत कामबाट लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा सक्रियता बढ्नेछ। मनमा नयाँ योजना पलाउनेछ। साथीभाइ र आफन्तसँगको भेटघाट रमाइलो हुनेछ।
मीन -आर्थिक लाभ र नयाँ अवसरको संकेत छ। पारिवारिक वातावरण सकारात्मक रहनेछ। प्रेम सम्बन्धमा सुधार आउनेछ। नयाँ सम्बन्ध वा मित्रता बन्ने सम्भावना छ।