
आज २०८१ साल चैत २१ गते बिहीबार चैत शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। आजको फलादेशः
मेष : तपाईंको आकर्षक व्यवहारले ध्यान आकर्षित गर्नेछ। आमाबाबुको सहायताले गर्दा आर्थिक कठिनाइहरू हट्नेछन्। स्वास्थ्य राम्रो रहनेछ।
वृष : कुलत वा नराम्रा आनिवानि छाडेर काम गर्नु उचित् हुनेछ ।शत्रु परास्त हुनेछन् ।आवेगमा निर्णय नगर्नु होला ।आर्थिक पक्ष सबल हुनेछ। पारिवारिक जीवन सुखमय रहनेछ।
मिथुन : समयको राम्रो सदुपयोग हुनेछ। कुनै विशेष काममा उपलब्धि मिल्नेछ। तपाईंको कार्यकुशलताको समाजमा चर्चा हुन सक्छ।
कर्कट : व्यवसायिक सफलता प्राप्त हुनेछ ।आयस्रोत बढ्नेछ। श्रमको उचित मूल्यांकन पाइनेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ।
सिंह : कुनै कुराले गर्दा अनपेक्षित तनाव हुनसक्छ। मनलाई तटस्थ बनाउँदै काम गर्ने प्रयत्न गर्नुहोस्। समयसन्दर्भ विचारेर मात्र प्रतिक्रिया दिनु उचित हुनेछ।
कन्या : स्वागत् सत्कार प्राप्त हुनेछ ।तपाईंको इच्छा बुझी काम गर्ने प्रयत्न गरिनेछ। कुनै कुराको आकस्मिक लाभ होला।
तुला : धैर्य र आत्मविश्वासले अगाडि बढ्नुहोस्, सफलता मिल्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा शिक्षकको साथ र सहयोग मिल्नेछ। विशेष सफलताको लागि केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ।
वृश्चिक : कानुनी मामलाहरूमा पक्ष मजबुत रहनेछ। कार्य क्षेत्रमा नयाँ स्रोतहरू बढ्नेछन् । धर्मकर्ममा आस्था बढ्नेछ। नयाँ कार्यमा जग बसाउन अवसर मिल्नेछ।
धनु : कसैकसैले तपाईंको मन बुझ्ने प्रयत्न गर्नेछन्। कसैको कुरालाई गम्भीरता नलिनु नै उचित रहनेछ। हतारिएर कुनै पनि कुरामा प्रतिक्रिया नगरेकै राम्रो होला।
मकर :कतै पारिवारिक जमघट हुनसक्छ। भावी काम र योजनाबारे चर्चा परिचर्चा होला। कुनै कुराबाट आफू टुटेको अनुभव हुनेछ।
कुम्भ : जोखिम लिएर कुनै कार्य प्रारम्भ नगर्नुहोला। प्रतियोगितामा सफलता मिल्नेछ। रोजगार र व्यापारको क्षेत्रमा सफलता मिल्नेछ। परिवारीक घुमफिरका योजना बन्नेछन् ।
मीन : पदीय मर्यादामा रही आफूलाई प्रस्तुत गरर्नुहोला ।प्रतिस्पर्धात्मक काममा तपाईंको छनोट हुन सक्छ। कुनै कुराले मनमा प्रसन्नता दिलाउनेछ।