
दाङ – राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालनमा रहेको एमआरआई मेसिन सेवा हाललाई सुचारु भएको छ । बुधबारदेखि सेवा अवरुद्ध भएको सुचना जारी गरेको प्रतिष्ठानले बिहिबारदेखि सेवा सुरु भएको अस्पतालका सुचना अधिकारी निशानदाजु भट्टराईले जानकारी दिनुभयाे ।
एमआरआई सेवा बन्द हुँदा बिरामीहरु समस्यामा परेका थिए ।
प्रतिष्ठानले एमआरआई मेसिन आपूर्ति गर्ने कम्पनीले सफ्टवेयर अपडेट नगरेका कारण सेवा अवरुद्ध भएको थियो ।
प्रतिष्ठानले सफ्टवेयर अपडेट गर्न आवश्यक काम अगाडि बढाएपछि २९ दिनलाई मेसिन आपुर्तिकर्ता कम्पनिले नबिकरण गरिदिएको हो । प्रतिष्ठानले मेसिन आपुर्ति कम्पनिलाई पत्र पठाई नबिकरणलाई अनलिमिटेड गर्न पत्र काटि सकेको छ ।
प्रतिष्ठानमा एमआरआई मेसिनको आपूर्तीकर्ता लुम्बिनी हेल्थ केयर प्राली रहेको छ । हेल्थ केयर र प्रतिष्ठानसँग गरेको सम्झौता बमोजिम उक्त मेसिनको लाइफटाइम अवधिभर नि:शर्त सफ्टवेयर अपडेट गर्नु पर्नेमा सो नगरेका कारण एमआरआई सेवा अवरुद्द भएको थियो । प्रतिष्ठानले आपुर्तिकर्ता प्रालिलाई कालोसुचिमा राखेर कारबाही गर्ने चेतावनि दिएपछि लाइसेन्स २९ दिनलाई नबिकरण गरि दिएको हो ।
अन लिमिटेड सफ्टवेयर अपडेट गर्न/गराउन आवश्यक कारबाहीका लागि फेरि पनि आपुर्तिकर्ता प्रालिलाई पत्राचार गरिने प्रतिष्ठानले जनाएको छ ।
मेसिन आपूर्तिकर्ता लुम्बिनी हेल्थ केयर प्रालीका अध्यक्ष पोष्टराज ज्ञवालीले प्रतिष्ठानले तीन वर्षदेखि दिनुपर्ने २० प्रतिशत रकमको भुक्तानी नगरेका कारण सफ्टवेयर अपडेट नभएको बताउनु भएकाे थियाे । तर, प्रतिष्ठानले कारबाही गर्ने चेतावनि दिएपछि प्रालीले हाललाई नबिकरण गरेका कारण एमआरआई सेवा सुचारु भएको हो ।