२०८२ जेष्ठ ५ गते सोमवार

कर्णालीका ७१८ वडा विषादी प्रयोगसम्बन्धी वर्गीकरणमा

सुर्खेत– कर्णाली प्रदेश सरकारले कर्णालीका ७१८ वटा वडालाई विषादी प्रयोगसम्बन्धी वर्गीकरण गरेको छ । जसमा १९५ लाई हरियो, ४४६ लाई पहेँलो, ५५ लाई रातो, दुई वडालाई रातो र हरियो तथा बाँकी वडालाई हरियो र पहेँलो क्षेत्रमा वर्गीकरण गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।

हरियो क्षेत्र पूर्ण अर्गानिक, पहेँलो क्षेत्र सामान्य, रातो क्षेत्र चिन्ताजनक मानिएको छ । मन्त्रालयले सबै वडालाई पूर्ण प्राङ्गारिक बनाउने योजना अगाडि सारेको जनाएको छ ।

कर्णाली प्रदेशमा माटोमा अम्लीयपन देखिएपछि उत्पादन शक्ति कमजोर भएको पाइएपछि अर्गानिक प्रदेश बनाउने पहल थालिएको एकीकृत कृषि प्रयोगशाला सुर्खेतका प्रयोगशालाका प्रमुख एवं वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

उनका अनुसार कर्णालीलाई अर्गानिक प्रदेश बनाउनका लागि जैविक विषादी प्रयोग गर्न कृषकलाई आग्रह गरिए पनि बढी उत्पादन गर्ने आशमा रासायनिक विषादीको प्रयोग बढ्दा माटोमा अम्लियपन पनि बढेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस