२०८२ असार ३ गते बुधवार

गुरुकूल एकेडेमी तुलसीपुरले दियो नव निर्वाचित कार्यसमितिलाई बधाई

दाङ, १० चैत । गुरुकुल एकेडेमी तुलसीपुरले तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नव निर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान गरेको छ ।

संस्थाको अध्यक्ष पदमा निर्वाचित यमकान्त भण्डारी, उपाध्यक्ष नारायण प्रसाद शर्मा, सचिव भुवन भुषाल, कोषाध्यक्ष भोलाप्रसाद थापा र सदस्यहरू शुस्मा अधिकारी, लुमा बुढामगर, प्रमोद कुमार योगि, बुद्धिराम चौधरी र सारदा सार्किलाई बधाई ज्ञापन गरिएको हो ।

गुरुकुल एकेडेमी, तुलसीपुर परिवारले नयाँ निर्वाचित नेतृत्वलाई स्वागत गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षता तथा तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका नवनिर्वाचित अध्यक्ष यमकान्त भन्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक ज्ञानेन्द्र बुढाले गर्नुभएको हो । कार्यक्रममा उपस्थित सबैले नयाँ नेतृत्वको सामर्थ्य र नेतृत्वमा संस्थाले अझ प्रभावकारी र उत्कृष्ट काम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस