२०८२ बैशाख ३० गते मङ्गलवार

रोल्पामा मिनि ट्रक १०० मिटर तल खस्यो,चालकसहित तीन जना घाइते

रोल्पा,१० चैत । रोल्पाको रुन्टिगढि गाउँपालिका–७ बान्द्रेको कुर्जा–सालीबाङ हुलाकी डाँडा भित्री सडक खण्डमा मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन्।

बान्द्रेबाट सालीबाङतर्फ जाँदै गरेको रा १ ख १२८७ मिनि ट्रक शनिबार साँझ ब्रेक फेल भई सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ। दुर्घटनामा चालक महेन्द्र थापा (३२ वर्ष ), नर बहादुर थापा (३५बर्ष), र विवेक थापा (२०वर्ष) घाइते भएका छन्। उनीहरूको शरिरको विभिन्न भागमा चोट लागेको भए पनि अवस्था सामान्य रहेको रोल्पा प्रहरीले जनाएको छ।

घाइतेहरूलाई थप उपचारका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर ल्याइएको छ। दुर्घटनाको जानकारी पाए लगत्तै अस्थायी प्रहरी पोष्ट कुर्जाबाट प्रहरी सहायक निरिक्षक निरिक्षक पृथ्वीराज जैसवालको कमाण्डमा प्रहरी घट्नास्थलमा परिचालन गरिएको थियो। प्रहरीका अनुसार दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०८१ चैत्र १० गते आइतवार
प्रतिक्रिया दिनुहोस