२०८२ बैशाख १० गते बुधवार

एसइईमा ४ जीपीए ल्याउनेलाई वडाले नगद २५ हजार दिने

दाङ, ६ चैत । भोलिदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी विद्यार्थीहरूलाई शुभकामना दिँदै, तुल्सीपुर उपमहानगरपालिका वडा नं. ११ ले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गर्ने घोषणा गरेको छ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (क्भ्भ्) भोलि चैत ७ गतेदेखि संचालन हुँदैछ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मानबहादुर रावत परीक्षा सहभागी हुने विद्यार्थीलाई आज(बुधबार) विद्यालयमा पुगेर शुभकामना दिँदै, एसईईमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीलाई विशेष सम्मानको घोषणा गर्नुभएको हो।

अध्यक्ष रावतका अनुसार, वडा भित्रका सामुदायिक विद्यालयबाट क्भ्भ् परीक्षामा सहभागी भई ४.० जीपीए हासिल गर्ने छात्रछात्रालाई जनही २५ हजार नगद प्रदान गरिनेछ।

सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि वडा कार्यालयको तर्फबाट उच्च शिक्षा अध्ययन गर्न प्रोत्साहनस्वरूप नगद २५ हजारले सम्मानित गर्ने निर्णय भएको वडा अध्यक्ष रावतले बताउनुभयो ।

वडाको यो निर्णयले विद्यार्थी तथा अभिभावकलाई उत्साहित बढाएको छ। ११ नम्बर वडाले यसअघि नै सामुदायिक विद्यालयमा कक्षा १ मा भर्ना हुने विद्यार्थीलाई आगामी शैक्षिक सत्रदेखि वडाको तर्फबाट एक हजार रुपैयाँ छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति : २०८१ चैत्र ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस