२०८२ बैशाख १० गते बुधवार

स्ववियु अध्यक्षका लागि राप्ती बबई क्याम्पसमा चार जनाको प्रतिष्पर्धा


दाङ, ५ चैत । नेता उत्पादन गर्ने स्वतन्त्र विद्यार्थी युनियनको नयाँ नेतृत्वका लागि आज दाङसहित देशभरका अधिकांश क्याम्पसमा निर्वाचन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक र सम्बन्धन प्राप्तसहित झण्डै चार सय क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनाव हुन लागेको हो ।

राप्ती बबई क्याम्पस तुलसीपुरमा आजस्वतन्त्र विद्यार्थी युनियनको आगामी नेतृत्वका लागि अध्यक्षमा चार जना प्रतिष्पर्धामा रहेका छन् ।

निर्वाचनमा अध्यक्ष पदका लागि संयुक्त विद्यार्थी प्यानलबाट लेखमणी खत्री (लक्ष्मण), नेविसंघबाट प्रमोद बस्नेत, स्वतन्त्रबाट कृष्ण केसी (डेभिड खत्री) र स्वतन्त्रबाटै कोमल बहादुर वली (केबि) मैदानमा रहेका छन् ।

निर्वाचन समितिका संयोजक दीपक पौडेलका अनुसार २१ सदस्यका लागि हुन लागेको स्ववियु निर्वाचनका लागि ३ हजार ४ सय १४ जना मतदाता रहेका छन् ।

सभापति, सचिव, कोषाध्यक्ष र ८ जना सदस्यका लागि प्रत्यक्ष निर्वाचन हुँदै छ भने १० जना समानुपातिक प्रणालीबाट आउने छन् ।

निर्वाचनमा संयुक्त विद्यार्थी प्यानलबाट लेखमणी खत्री (लक्ष्मण), सचिवमा सोनिया थापा, कोषाध्यक्षमा तिलकराज डाँगी चुनावी मैदानमा रहेका छन् ।

खत्रीको प्यानललाई नेविसंघको केहि तप्कासहित अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, अनेरास्ववियु विप्लव, लगायतका विद्यार्थी सङ्गठनको समर्थन रहेको छ ।

यस्तै सदस्यमा नेव बहादुर भण्डारी (नविन), कवि सेन सिन, प्रेम केसी, दिलिप शर्मा (दिपक), अनिता खड्का र तुलसीराम भण्डारी चुनावी मैदानमा होमिएका छन् । क्याम्पसमा आज स्ववियु निर्वाचन हुन लागेको छ ।

१०७ वटा क्याम्पसमा यसअघि नै निर्विरोध सभापति चुनिएका छन् । केही ठूला क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको छ । ६२ मध्ये १३ आंगिक क्याम्पसमा चुनाव नहुने भएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस