२०८२ बैशाख १० गते बुधवार

धराप फोरलेन घोराही–तुलसीपुर सडकको बेलझुण्डीमा पल्टीयो बस


दाङ, ४ चैत । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत बेलझुण्डिमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

आज दिउँसो २ बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको अम्बिकेश्वरी यातायात प्रा.लि. को रा १ ख ३१२६ नंम्बरको बस र विपरीत दिशाबाट आउदै गरेको रा ६ प २६२९ नंम्बरको मोटरसाइकलाई बचाउने क्रममा तुलसीपुर उपमहानगरपालिका– १८ मनिकापुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का २९ वर्षका सुष्मा नेपाली, तुलसीपुर– ६ का ३६ वर्षका लक्ष्मि गौतम, तुलसीपुर–१२ का ४० वर्षका बुद्धि खत्रि, तुलसीपुर–७ बस्ने ४० वर्षका भुप बहादुर बस्नेत, तुलसीपुर– १२ बस्ने ३३ वर्षका रिता नाथ, तुलसीपुर– ५ बस्ने १९ वर्षका प्रतिक बुढाथोकि, सोही ठाँउका १७ वर्षका डम्बर बुढाथोकि रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो ।

यस्तै गाडि धनि तुलसीपुर– १० बस्ने ६२ वर्षका झक बहादुर बस्नेत, शान्तिनगर गाउँपालिका–४ बस्ने ३५ वर्षका कल्पना पौडेल,.सल्यान दार्मा गाउँपालिका– १ बस्ने १८ वर्षका यसोदा वलि, दंगिशरण गाउँपाकिला– ४ बस्ने २१ वर्षका लक्ष्मि चौधरी, मोटरसाइकल चालक तुलसीपुर– १८ बस्ने ३६ वर्षका निम बहादुर विक रहेको प्रहरीले जनाएको छ ।

तुलसीपुर–६ का ६१ वर्षका धनि केसीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उहाँको टाउकोमा चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रहरी निरीक्षक रानाले जानकारी दिनुभयो ।

मोटरसाइकल र बस चालक तुलसीपुर– १८ बिजौरीका १८ वर्षका रामु बहादुर नेपालीलाई नियन्त्रणमा लिएको प्रहरी प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस