२०८२ बैशाख १० गते बुधवार

गर्गगोत्रीय आचार्य समाजको दाङमा जिल्ला बन्धु भेला


दाङ, २ चैत । गर्गगोत्रीय आचार्य समाजले शनिबार दाङको मोरिघाटस्थित चैतन्य पाठशालामा जिल्ला बन्धु–भेलाको आयोजना गरेको छ ।

दाङ जिल्ला अध्यक्ष जीवराज आचार्यको अध्यक्षता तथा समाजका केन्द्रीय अध्यक्ष प्रेमनारायण आचार्य प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

भेलामा निवर्तमान अध्यक्ष जय नारायण आचार्य, केन्द्रीय सदस्य प्रेम कुमार आचार्य, धर्मराज आचार्य, टोप नारायण आचार्य लगायतले कुल, पुर्खा, परम्परा तथा संस्कृति संरक्षणमा जागरूकता आवश्यक रहेकोमा जोड दिनुभयो ।

यसै अवसरमा कर्णाली प्रदेश, सल्यान जिल्लाको कपुरकोट–३ निवासी जितप्रसाद आचार्यलाई गर्गगोत्रीय समाजले आजीवन सदस्यता प्रदान गरेको छ । कार्यक्रमको सञ्चालन दाङ जिल्ला सचिव छविलाल आचार्यले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २ गते शनिवार
प्रतिक्रिया दिनुहोस