२०८२ बैशाख १० गते बुधवार

बेलझुण्डी खानेपानीमा नयाँ नेतृत्व सर्वसम्मत, अध्यक्षमा पुन : गौतम

दाङ, १ चैत । बेलझुण्डी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरिएको छ ।

संस्थाको अध्यक्षमा पुन : प्रदीप गौतम चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा मनकुमारी महत, सचिवमा मुक्तबहादुर वली मुकेश, कोषाध्यक्षमा वसन्त थापा चयन हुनुभएको छ ।

यस्तै खुल्ला सदस्यहरुमा गोकर्ण पौडेल, मदन बस्नेत, तुलसीराम चौधरी, गिरीराज खड्का, प्रेमलाल चौधरी चयन हुनुभएको छ । यसैगरी महिला सदस्यहरुमा मीना रोका, रास्ती बुढा, तिला मल्ल र ताराकुमारी राना मगर सर्वसहमतिमा चयन हुनुभएको छ ।

बेलझुण्डी खानेपानीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६, १७, १८ र १९ मा खानेपानी वितरण गर्दै आएको छ ।

संस्थाले अहिलेसम्म १८०० धारा वितरण गरेको छ ।

यसैबीच नयाँ पदाधिकारीको सपथग्रहण कार्यक्रम सम्पन्न भएको छ । निर्वाचन अधिकृत नुमानन्द आचार्यको अध्यक्षता एवम तुलसीपुर उपमहानगरपालिकाका प्रवक्ता माधव वलीको प्रमुख आतिथ्यता र वडा न १९ वडाध्यक्ष प्रेमनाथ योगीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस दाङका जिल्ला सदस्य यज्ञबहादुर बस्नेत, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका वडा न १८ वडा कमिटी अध्यक्ष कमानसिंह खड्का, नेपाली काङ्ग्रेस वडा न १९ वडा सभापति पदम वली, नेकपा माओवादी केन्द्र वडा नम्बर १९ वडा कमिटी अध्यक्ष दुर्गा विश्वकर्मा, बिजौरी उद्योग वाणिज्य संघका अध्यक्ष रेश्मीराज खड्का, नेत्रलाल प्राविका प्रधानाध्यापक शेरबहादुर खड्काले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस