२०८२ बैशाख १० गते बुधवार

दाङ भ्याली मावि तुलसीपुरमा विद्यार्थीलाई अभिमुखीकरण


दाङ, १ चैत । दाङ भ्याली माध्यमिक विद्यालय, तुलसीपुरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थी लोकराज घर्तीको अध्यक्षता तथा विद्यालयकी प्रिन्सिपल शीला अर्यालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस अवसरमा प्रिन्सिपल अर्यालले शिक्षकहरूले विद्यार्थीलाई राम्रोसँग तयारी गराएको भन्दै परीक्षालाई लिएर कुनै तनाव नलिन सल्लाह दिनुभयो । उहाँले एसइइ पनि अरु परिक्षाजस्तै भएकाले ढुक्क भएर परिक्षा गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम कक्षा ९ की छात्रा नीशा केसीको स्वागत मन्तव्यबाट सुरु भएको अभिमुखीकरण कार्यक्रममा कक्षा १० का विद्यार्थीहरूले विद्यालयले प्रदान गरेको शिक्षाबारे आफ्ना अनुभव बाँडेका थिए ।

कक्षा १० की छात्रा सनम बिकले दाङ भ्याली स्कुलका शिक्षकहरूले शैक्षिक ज्ञानसँगै संस्कार र व्यवहारिक शिक्षा प्रदान गरेको बताउनुभयो । त्यस्तै कक्षा १० की गीता केसीले विद्यालयको शिक्षाले सधैं सही मार्ग निर्देशन दिएको उल्लेख गर्नुभयो । यस्तै गरिमा बुढाथोकीले असल बाटोमा लैजानका लागि विद्यालय र शिक्षकहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गर्नुभयो ।

शिक्षक कृष्ण गौतम, प्रतीक्षा वली लगायतले विद्यार्थीलाई नजिकिँदै गरेको एसईईको सफलताको शुभकामना दिनुभयो । कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण कक्षा ९ का छात्र उत्सव शाहुले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ चैत्र १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस