दाङ, २९ फागुन । दाङको तुल्सीपुर ६ मा रहेको राप्ती विद्यामन्दिरले बिहिबार एक कार्यक्रमका बीच १० कक्षाका विद्यार्थीलाई सम्मान तथा विदाई कार्यक्रम गरेको छ ।
विद्यालयबाट बिदाई हुँदै गर्दा कक्षा १० का दीपक विश्वकर्माले आफू जुनसुकै स्कुलमा गएर उच्च शिक्षा हासिल गरे पनि आफूले पढेको यस विद्यालयलाई कहिले पनि नभुल्ने बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै विद्यालयका प्रधानाध्यापक हेमसागर सुबेदीले आफ्ना विद्यार्थीहरु गलत बाटोमा लागेको हेर्न नचाहेको र विद्यार्थीहरू सधैं सकारात्मक सोच लिएर विद्यालयमा सिकेको ज्ञानहरु अन्य ठाउँमा जाँदा पनि आत्मसाथ गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै कार्यक्रममा स्कुलका सहायक प्रधानाध्यापक चुर्ण बहादुर केसी, शिक्षक शोभा खड्का, लेखापाल लिलाराज न्यौपाने, कक्षा नौ का छात्र मक्सद खत्रीले कक्षा १० बाट बिदाइ भएर जाँदै गरेका विद्यार्थीलाई शुभकामना दिनुभयो ।
रजन चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन तुलसा बस्नेत र सृष्टि चौधरीले गर्नुभएको हो ।



