
कपुरकोट, २८ फागुन । होली पर्व २०८१ को अवसरमा कपुरकोट बैंक तथा वित्तीय सहकारी मिलन केन्द्रले कपुरकोट बजारको सरसफाइ गरेको छ ।
‘स्वच्छ कपुरकोट, राम्रो कपुरकोट, हाम्रो कपुरकोट’ भन्ने नाराका साथ आयोजना गरिएको अभियानले क्लिन र सुन्दर कपुरकोट बनाउने लक्ष्य लिएको छ ।

कार्यक्रम संयोजक मदन केसीका अनुसार सरसफाई अभियानले बजारको सफाइमा मात्र नभई स्थानीयहरूमा सचेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेलेको छ ।
अभियानमा कपुरकोट–३ को वडा कार्यालय, प्रहरी चौकी कपुरकोट लगायत विभिन्न बैंक, सहकारी संस्था तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।

सरसफाई कार्यपछि आयोजित कोणसभामा सहभागीहरूले अभियानको तारिफ गर्दै सरसफाइलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै संयोजक केसीले अभियानमा संलग्न सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।