२०८२ बैशाख ३० गते मङ्गलवार

नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको अध्यक्षमा भुपाल साहु

सल्यान, २५ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठन सल्यानको भुपाल साहु चयन हुनुभएको छ । शनिबार भएको ११औँ जिल्ला अधिवेशनबाट साहुको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।

कार्यसमितिको खुला उपाध्यक्षमा खुमानन्द के.सी., महिला उपाध्यक्षमा निर्मला के.सी. भण्डारी, सचिवमा सुरेश बुढाथोकी , कोषाध्यक्षमा विमल पौडेल, मातृका सहसचिवमा प्रकाश डी.सी., सहकोषाध्यक्षमा अनिता बस्नेत चयन हुनुभएको हो ।

नयाँ पदाधिकारीहरूले शिक्षाको गुणस्तर अभिवृद्धि तथा शिक्षकहरूको हकहित सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न प्रतिवद्धता जनाएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस