२०८२ असार ३ गते बुधवार

तुलसीपुरकाे बसपार्कमा गाडीको ठक्करबाट एक पैदलयात्री वृद्ध घाइते


तुलसीपुर, १४ फागुन ।
दाङको तुलसीपुरमा गाडीको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर– ९ बेलुवाका ६५ वर्षका शिवराज नेपाली रहेको प्रहरीले जनाएको छ ।

घाइते नेपालीको टाउको, पेट र दुबै हात खुट्टामा चोट लागेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको छ । घाइते नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागि नर्सिङहोम नेपालगंज बाँके रिफर गरीएको प्रहरी निरीक्षक रानाले बताउनुभयो ।

आज दिउँसो ३ बजेतिर बसपार्कबाट अटो भिलेज तर्फ जादै गरेको भे १ ज १३४४ नंम्बरको इभी गाडीले पैदल यात्री नेपालीलाई बसपार्कमा ठक्कर दिएको थियो ।

गाडी र गाडी चालक शान्तिनगर गाउँपालिका–५ बस्ने ४० वर्षका ईन्द्र बहादुर घर्तिलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस