
दाङ, १४ फागुन । सेना दिवस र महाशिवरात्रिको अवसरमा दाङका विभिन्न स्थानमा बृहत कार्यक्रमहरू गरिएका छन् । १९ नं. बाहिनी तुलसीपुर र रणसिंह दल, घोराही दाङको आयोजनामा बृहत् फोटो प्रदर्शनी सम्पन्न भएको छ । कार्यक्रममा मिड वेस्ट प्वाइन्ट एकेडेमी, दाङलगायत थुप्रै विद्यालयहरूको संलग्नता रहेको थियो ।
प्रदर्शनीमा विपद् व्यवस्थापन, राष्ट्र विकास, देशभक्ति तथा सेना भर्ना प्रक्रियासम्बन्धी तस्वीरहरू प्रदर्शन गरिएका थिए । विद्यार्थीहरूलाई सुरक्षाकर्मीका गतिविधिहरूबारे अवगत गराउँदै राष्ट्र सेवामा योगदान पुर्याउने प्रेरणा दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
यसैक्रममा, मिड वेस्ट प्वाइन्ट एकेडेमीका एनसीसी क्याडेट्सले बबई गाउँपालिका–६, चिसापानीस्थित भगवान त्रिपुरेश्वर महादेव मन्दिरमा सरसफाइ अभियान सञ्चालन गरेका छन् ।
अभियानमा मन्दिर व्यवस्थापन समितिका सचिव दिपेन्द्र बहादुर डागी क्षेत्री र छात्रा करुणा डाँगीले सामाजिक कार्यहरूले अनुशासन, समर्पण र समाजप्रति उत्तरदायित्वको भावना अझ दृढ बनाउने बताउनुभयो ।