२०८२ जेष्ठ ५ गते सोमवार

ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु


धादिङ, १४ फागुन । धादिङमा पानी बोकेको ट्याङ्कर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरभिरस्थित भित्रि सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङ्कर दुर्घटना भएको हो । प्रहरीका अनुसार उक्त ट्याङ्कर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनामा परी धादिङको गुजुरी– ६ का १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ । त्यस्तै गजुरी– ६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ गम्भीर घाइते भएका छन् ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस