२०८२ असार ३ गते बुधवार

‘मेरो जीवनको लक्ष्य’ शीर्षकमा भित्री सक्राम माविमा निबन्ध लेखन प्रतियोगिता

दाङ, १३ फागुन । तुलसीपुर–१९ मा रहेको भित्री सक्राम माविमा निबन्ध लेखन प्रतियोगिता गरिएको छ । पूर्व विद्यार्थी समाज मावि भित्री सक्रामको आयोजनामा तथा तुलसीपुर–१८ बिजौरी निवासी नविना केसी वलीको प्रायोजनमा ‘मेरो जीवनको लक्ष्य’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिता गरिएको हो ।

प्रतियोगिता माघ २५ गते आयोजित भएपनि नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम मंगलबार (आज) गरिएको हो । प्रतियोगितामा १६ जना छात्र–छात्राले भाग लिएको प्रतियोगिताको मूल्यांकन मावि कुटिचौरका प्रधानाध्यापक टङ्क बहादुर केसीले गर्नुभएको हो ।

प्रतियोगितामा कक्षा ८ की छात्रा निरुता वली प्रथम, कक्षा १० की छात्रा जानका खड्का द्वितीय , कक्षा ९ की छात्रा दिनिता पुन तृतीय र कक्षा ९ की छात्रा ममता रोका मगर सान्तोना हुनुभएको हो ।

विजेताहरुलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको छ । पूर्व विद्यार्थी समाजका अध्यक्ष डिल्ली बहादुर केसीको अध्यक्षतामा तथा प्रायोजक नविना केसी वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा पूर्व विद्यार्थी समाजका सल्लाहकारहरू डङ्क बहादुर वली, दामोदर न्यौपाने, रेवती प्रसाद बस्नेत, मीन बहादुर पुन, कार्यक्रम संयोजक मान बहादुर पुन, मावि भित्री सक्रामका प्रधानाध्यापक भिबिसन रोका मगर, शिक्षक भागवत बस्नेत र शशिराम पुन लगायतका वक्ताहरूले प्रतियोगिताको महत्त्व, लेखन कलाको विकास, र विद्यार्थीको भविष्यप्रति प्रेरणादायी विचारहरू प्रस्तुत गर्नुभयो ।

कार्यक्रमको सञ्चालन पूर्व विद्यार्थी समाजका उपाध्यक्ष गणेश बहादुर वलीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस