२०८३ भाद्र ६ गते शनिवार

तुलसीपुरमा अटो दुर्घटना हुँदा दुई जना घाइते


दाङ, १३ फागुन ।
तुलसीपुरमा अटो दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा अटो चालक तुलसीपुर– ७ का ४८ वर्षका चिरञ्जीवी गौतम र सोही ठाँउका अटोमा सवार १७ वर्षका भावना कृति पराजुली रहेका छन् ।

दुबै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुबै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभएको छ ।

आज बिहान साढे ८ बजेतिर तुलसीपुरबाट गणेशपुर तर्फ जाँदै गेरेको लु १ ह ८७८ नंम्बरको अटो अनियन्त्रित भई तुलसीपुर–गणेशपुरमा दुर्घटना भएको प्रहरी निरीक्षक रानाले बताउनुभयो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस