
दाङ, ११ फागुन । नेपाल भारतमैत्री संघ हेकुली उपशाखाको नयाँ कार्यसमिति चयन भएको छ । संघको ९ औं साधारणसभा तथा तेस्रो अधिबेशनले नारायण आचार्यको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरेको हो ।
संघको उपाध्यक्षमा सुवास अधिकारी, सचिवमा दामोदर बस्नेत , कोषाध्यक्षमा माधव ओली चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा बिष्णु थापा, बिन्दु गिरि, शुकदेव न्यौपाने चयन हुनुभएको छ ।
संघका अध्यक्ष बंशिकुमार शर्माको अध्यक्षता एबम् नेपाल भारतमैत्री संघ दाङका अध्यक्ष शिशिर लम्सालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उपशाखाका सदस्य दामोदर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन समारोहमा बोल्ने बक्ताहरुले नेपाल भारतको पुरानो सम्बन्ध भएकोले यो सम्बन्धलाई कायम राख्नु पर्ने कुरामा जोड दिएका छन् ।
कार्यक्रममा तुलसीपुर उपशाखाको आजिवन सदस्य मानबहादुर गुरुङ, डोर बहादुर जिसि, तुलसीपुर उपशाखा सदस्य सुवास अधिकारी लगायतले मन्तव्य राख्नुभएको हो । उद्घाटन कार्यक्रमको सहजीकरण हेकुली उपशाखाका सचिव यम प्रसाद भुसालले गर्नु भएको हो ।