२०८२ असार ३ गते बुधवार

लक्ष्मीनारायण मन्दिरमा महायज्ञ संचालन हुने


दाङ, ११ फागुन । दाङको तुलसीपुरमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आयोजना गरिने भएको छ ।
श्रीबेंकटेस लक्ष्मीनारायण मन्दिर तुलसीपुर ६ रजौराको आयोजनामा सप्ताह लगाउन लागिएको हो। यही फागुन १३ देखि २० गतेसम्म वार्षिक उत्सवको अवसरमा महायज्ञ लगाउन लागेको हो।

महायज्ञमा मठादिश युवासन्त बाल ब्रह्मचारी स्वामी श्रीकेशव आचार्यले प्रवचन दिनेछन् । महायज्ञमा भक्तजन एवं दाताहरूलाई धन्धाञ्चल, तुलादान, गोवर्धन पूजा, १००८ शालिग्राम प्रदक्षिणा एवं अर्चना, गौपूजा व्रतबन्ध लक्ष्य वहन लक्ष्यवर्ती प्रज्वलन ८४ पूजा लगायतका अवसरहरू प्रदान गरिनेछ ।

साथै एक दिनको राजभोगका लागि रु. ५,१००, यस्तै एक दिनको प्रसाद वितरणका लागि रु. २५०० ,तुलादानका लागि रु. ५००, मूलकर्ता बन्नका लागि रु. २५००० कर्ता बन्नका लागि रु. ७००० व्रतबन्धका लागि रु. २५०० लक्ष्य बत्तिका लागि रु. २१००, ८४ पूजाका लागि रु. ५१००, शालिग्राम भगवानको १००८ अर्चनाका लागि रु. ५०५ लक्ष्य बहनकर्ताका लागि लक्ष्य हवनकर्ताका लागि रु.११०० तोकिएको छ। शनिबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिईएको छ ।

संयोजक गोबिन्द रजौरेको अध्यक्षतामा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । त्यस अवसरमा रासस दाङका प्रमुख नारायणी रजौरेलगायतले मन्तब्य ब्यक्त गरेकना थिए । कार्यक्रमको सहजीकरण सदस्य डिल्लीराज आचार्यले गरेका थिए ।

प्रकाशित मिति : २०८१ फाल्गुन ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस