२०८२ बैशाख १० गते बुधवार

बुद्ध इन्टरनेशनल हस्पिटलमा भाच्चिएको लिङ्गको अपरेसन


दाङ, ९ फागुन । तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ५ निबासी २२ वर्षिय एक पुरुषको युवती संगको यौन सम्पर्कको समयमा लिंगबाट अलि ठुलो आवाज आयो । त्यसलगत्तै लिंग सिथिल हुनुका साथै दुखाइ सुरु भयो । दोस्रो दिन लिंग सुन्निन र निलो हुन सुरु भयो ।

के कारणले यस्तो हुन्छ भन्ने इन्टरनेट (गुगल) मा खोज्दा लिंग भाच्चियको हुन सक्ने र यस्तो भयको अवस्थामा इमर्जेन्सी अपरेसन गर्नुपर्ने भन्ने थाहा पायपछि बुद्ध इन्टरनेशनल हस्पिटलको सर्जरी बिभागको ओपिडिमा जानुभयो ।

सर्जन डा. रमेश बस्नेतले जाँच गरिसकेपछि अपरेसन गर्नुपर्ने सल्लाह दिनुभयो । सोही सल्लाह अनुसार अपरेसन भयो । अपरेसन पछि दुई दीनको बसाई पश्चात उहाँ हस्पिटलबाट डिस्चार्ज भैसक्नु भएको र नियमित ड्रेसिङमा रहनुभएको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जनाउनुभयो ।

बिरामिले अपरेसनपछि स्वास्थ्य स्थिति सामान्य रहेको बताउनुभयो । यस अपरेसनमा सम्लग्न वरिष्ठ सर्जन डा. रमेश बस्नेतका अनुसार पुरुष माथी महिला चढी गरिने यौन सम्पर्कको आसनका बेला योनि भन्दा माथिको हाड्मा लागेर वा आबेगमा यौन सम्पर्क गर्दा लिंग भाच्चिने सम्भावना बढी हुन्छ ।

लिंग भाच्चियको अबस्थामा समयमै अपरेसन नगरियमा घाउमा संक्रमण हुने, उत्तेजनामा समस्या हुने , लिंग सुक्दै जाने तथा निसन्तानपन पनि हुन सक्ने उहाँले बताउनुभयो ।

लिंग भाच्चिएको अबस्थामा लिंग बाङ्गो हुने, रगत जम्मा भयर रंग गाढा रातो वा निलो हुने भाच्चियको ठाउँमा नबउ महसुस हुने हुन्छ । भाच्चिएको लिंगलाई अपरेसन गरि रिपेयर गरिन्छ ।

समयमै ( आठ घण्टाभित्र ) अपरेसन गरिएमा अपरेसन पश्चात उतेजना , यौन इच्छा लगायत बच्चा सम्बन्धी कुनैपनि समस्या नहुने पनि डा. बस्नेतले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस