
दाङ,९ फगुन । तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-८ चमिखोला स्थित पश्चिमबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ५ प ५१११ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा चालकसहित दुई जना घाइते भएका हुन् ।
तुलसीपुर उपमहानगरपालिका-८ निवासी १६ वर्षीय रोहण भण्डारीले चलाएको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ निवासी ५४ वर्षीय बुद्धिराम खड्कालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्रबार बिहान ६ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाइकल चालक र पैदल यात्री दुबै घाइते भएका हुन्।
मोटरसाइकल चालक भण्डारीको मुख र बायाँ खुट्टामा चोट लागेको र उहाँको अवस्था मध्यम रहेको छ।
प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार