
दाङ, ७ फागुन । लुम्बिनी प्रदेशका पूर्व मूख्यमन्त्री डिल्ली बहादुर चौधरीले उच्च शिक्षाका लागि विदेश जाने प्रवृतिको अन्त्य गरिनुपर्ने बताउनुभयो । तुलसीपुर–६ गौलौरामा रहेको डिभाइन टेम्पल एकेडेमीको १६ औँ वार्षिकोत्सवको उद्घाटन समारोहमा उहाँले विदेश जाने प्रवृत्तिले स्वदेशमा दक्ष जनशक्तिको अभाव हुन थालेको बताउनुभयो ।
निजि विद्यालयले दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको बताउँदै दक्ष जनशक्ति नेपालमै बसेपछि मात्रै देश समृद्धिको मार्गमा अघि बढ्ने बताउनुभयो ।
उहाँले नेपालमै स्वरोजगार बनेर पनि छोराछोरी पढाउन सकिने भएकाले आवश्यक सिप सिक्नका लागि योजनासहित प्रदेश सरकारमा आउन आम नागरिकलाई आग्रह गर्नुभयो ।
यस्तै तुलसीपुर–६ का अध्यक्ष वर्षात भण्डारीले स्वदेशमै केहि गरौँ भन्ने सोचका साथ बालबालिकालाई अघि बढाउनुपर्ने बताउनुभयो । डिभाइन टेम्पलका सिइओ भोजराज न्यौपानको अध्यक्षतामा कार्यक्रम भएको हो ।
विद्यालयका शिक्षक माधवा शर्मा आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा विद्यार्थीले विभिन्न किसिमका नृत्य प्रस्तुत गरेका थिए । यस्तै विद्यार्थीले मोबाईलबाट चल्ने कारको डेमो समेत प्रस्तुत गरेका थिए ।
वार्षिकोत्सव समारोमा चर्चित गायिक राधिका हमालले विभिन्न सांगितिक प्रस्तुति दिँदा अभिभावक विद्यार्थी उत्साहित भएर रमाएका थिए । गायिका हमालले ‘क्याम्पस पढ्न आउने’ चम्चा पिलेट जस्ता गित प्रस्तुत गर्नुभएको हो । कार्यक्रमको सहजीकरण शिक्षक महेश लामिछानेले गर्नुभएको हो । त्यस अवसरमा विद्यालयका उत्कृष्ट शिक्षक तथा विद्यार्थीलाई सम्मान पनि गरिएको छ ।