
दाङ, ६ फागुन । सुर्खेतबाट काठमाण्डौँ जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । सुर्खेतबाट काठमाडौं जाँदै गरेको कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो ।
मंगलबार राति ९ बजेतिर दुर्घटना हुँदा बसमा सवार कम्तीमा १४ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।
घाइतेमध्ये ३ जनालाई नेपालगञ्ज लगिएको छ भने अरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
गाडीमा करिब ६० यात्रु रहेको अनुमान गरिएको छ । गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार